National Population Conference

काठमाडौं, जेष्ठ २२ - राष्ट्रपति रामवरण यादवले जनसंख्या र विकासलाई जोड्न पर्ने बताएका छन् । राजधानीमा बिहीबार प्रथम राष्ट्रिय जनसंख्या सम्मेलनको उद्‌घाटन गर्दै उक्त विचार व्यक्त गरेका हुन् ।

'जनसंख्या र विकासका मुद्दा नीति निर्माता र विकासका साझेदारहरु बुझ्न सक्नुपर्छ,' तीनदिने सम्मेलनमा राष्ट्रपति यादवले भने, 'विकासका गतिविधिलाई जीवनस्तर सुधारका निम्ति हो । जनसंख्या वृद्धिको मागअनुसार नीति र कार्यक्रम बन्न जरुरी छ ।' जनसंख्याको वृद्धिसूगै पहाडी क्षेत्रबाट अन्यत्र बसाई सराई सर्ने क्रम बढेको उल्लेख गर्दै वातावरण, वनजंगल विनाश रोक्नका निम्ति संयुक्त प्रयास हुनुपर्ने उनले जोडदिए ।

जनसंख्या वृद्धि हुनु सबै निकायको सरोकार रहेको भएपनि त्यसको व्यवस्थापन हुन नसकेको राष्ट्रपति यादवले चिन्ता व्यक्त गरे । 'नेपालले जनसंख्या वृद्धिलाई विशेष ध्यान दिनसक्नुपर्छ,' तथ्यांकको आधारमा सुक्ष्म आर्थिक विकास हुनसक्ने उल्लेख गर्दै उनले भने, 'त्यसनिम्ति राजनीतिक स्थायित्व हुनुपर्छ । विकासका साझेदारहरुले आर्थिक अवसर, स्रोत व्यवस्थापन गर्दै युवा केन्दि्रत नीति बन्नुपर्छ ।' अहिलेसम्मका तथ्यांकको पुनरावलोकन गरी नयाू ज्ञानका आधार पहिल्याउनु पर्ने उल्लेख गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, त्रिवि जनसंख्या केन्द्रीय विभाग, नेपाल जनसंख्या संघ, कृपा, नेपाल परिवार नियोजन संघ र संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपिए) ले संयुक्त रुपमा सम्मेलनको आयोजना गरेका हुन् । सहआयोजकमा पीएसआई नेपाल र मेरिस्टोप्स नेपाल रहेका छन् । 'विकास योजनाका लागि जनसंख्याको सञ्चार' भन्ने मुल नारा रहेको छ ।

सम्मेलनमा भारत, बंगलादेश, चीन, अमेरिका, अस्ट्रेलियालगायत दस देशका विज्ञहरु सहभागी सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सहस्राब्दी लक्ष्य प्राप्तिका निम्ति सम्मेलनको आयोजना गरिएको बताए । 'सहस्राब्दी लक्ष्यमा पुग्न विकास योजना र जनसंख्या वृद्धिदरलाई जोड्न सम्मेलन महत्वपूर्ण हुनेछ,' उनले भने ।

एसिएन पपुलेसन एसोसिएसनका अध्यक्ष प्राध्याक टेरेस हलले विकासोन्मुख मुलुकका निम्ति जनसंख्या वृद्धि र विकास योजना चुनौतीपूर्ण रहेको बताए । जनसंख्याविद् प्राध्यापक बालकुमार केसीले जनसंख्याबारेमा परम्परागत धारणा त्यागेर विश्वपरिवेशअनुकुल शिक्षा, स्वास्थ्य, चेतना, खाद्यलगायतका पक्षमा सुधार गर्न जरुरी रहेको बताए । 'मानव विकास सूचकांकमा नेपाल धेरै पछाडि छ,' केसीले भने, 'त्यसनिम्ति समावेशी विकासमा सहकार्य हुनुपर्छ ।'

तथ्यांकअनुसार देशको कुल जनसंख्या २ करोड ६६ लाख ९४ हजार ५ सय ४ रहेको छ । जनसंख्या सबै निकायको समान सरोकार रहेको तर त्यसको विश्लेषण हुन नसकेकाले विकास प्रक्रियासित जोड्ने आधार निर्माणका लागि सम्मेलनका संयोजक प्राध्यापक रामशरण पाठकले दावी गरे । सम्मेलनमा जनसंख्या तथा विकास सम्बन्धी पन्ध्रवटा विषयमा सयभन्दा बढी कार्यपत्र प्रस्तुत गरिने छ । 'जनसंख्या र दिगो विकासका विविध पक्षहरुको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको विकास साझेदारहरुका बीचमा राज्यका विकास सम्बन्धी प्राथमिकतामा छलफल गर्ने मुख्य उद्देश्य हो,' संयोजक पाठकले भने । सम्मेलनका सचिव त्रिलोचन पोखरेलका अनुसार सम्मेलनमा जनसंख्या केन्दि्रत पन्ध्र विषयमा एकसय आठ कार्यपत्र प्रस्तुत हुने जनाएका छन् ।

- See more at: http://www.ekantipur.com/np/2071/2/22/full-story/390363.html#sthash.hvKWbxfr.dpuf

Comments:
  • Be the first one to comment

Post comments using the following form.
CAPTCHA Image Reload Image
go to top